साग : विकास थापा र सञ्जु चौधरीले जिते भारत्तोलनमा स्वर्ण

भारत्तोलनमा नेपालले जित्यो १६ पदक


२२ मंसिर २०७६, आईतवार
bikash

काठमाडौं, २२ मंसिर । नेपालमा जारी १३ औं साग अन्तर्गत भारोत्तोलन विकास थापा र सञ्जु चौधरीले नेपालका लागि स्वर्ण पदक जितेका छन् ।

नेपालले भारोत्तोलनमा दुई स्वर्ण, तीन रजत र ११ काँस्य गरी १६ पदक जितेको छ ।
योसँगै भारत्तोलनका सबै खेल सकिएका छन् । २० स्वर्णसहित कुल ६० पदकका लागि महिला तथा पुरुषतर्फ १०–१० तौल समूहमा भएको खेलमा नेपालले १६ स्पर्धामा भाग लिएको थियो ।

विकास थापाले ८९ किलो तौल समूहमा र सञ्जु चौधरीले महिला ५९ किलो तौल समूहमा स्वर्ण पदक जितेर महिलातर्फ भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् ।

अन्तिम दिन आइतबार नेपालले पदक तालिकामा थप १ रजत र १ काँस्य पदक थप्न सफल भयो । चार दिनसम्म पोखरामा चलेको भारोत्तोलनको अन्तिम दिन सागर भण्डारीले पुरुष १०९ किलो तौल समूहमा रजत पदक जित्न सफल भएका हुन् ।

सागरले राष्ट्रिय कीर्तिमानसहित रजत जिते । उनले स्न्याचतर्फ १२० र क्लिन एण्ड जर्कमा १५५ गरी २७५ किलो तौल उठाए । यसअघि सागको छनोट चरणमा आफ्नो नाममा रहेका तीनै विधाको कीर्तिमान सागरले तोडेका हुन् । त्यस्तै १०९ प्लस तौल समूहमा नेपालका लागि पुकारले काँस्यपदक जिते ।

उनले स्न्याचतर्फ १३२ र क्लिन एण्ड जर्कमा १४३ सहित २७५ किलो तौल उठाएका हुन् । पुकारको लागि स्न्याच विधामा राष्ट्रिय कीर्तिमान हो । नेपाललाई यअसघिको सागमा स्वर्ण पदक दिलाएका कीर्तिमानी खेलाडी कमलबहादुर अधिकारी भने काँस्यपदकमै सीमित भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७