एक सेकेण्डले जितिन् गौरिकाले तेस्रो स्वर्ण


२२ मंसिर २०७६, आईतवार
gaurika sing scaled

काठमाडौं, २२ मंसिर । नेपालकी पौडी खेलाडी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् ।
भारतीय खेलाडीलाई एक सेकेण्डले पछि पार्दै गौरिकाले तेस्रो स्वर्ण आफ्नो नाममा पारेकी हुन् । गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।

उनले ४ मिनेट २५.२८ सेकेण्डमा निर्धारित दूरी पार गरेकी छन् । भारतीय खेलाडी सिभांगी शर्मा दोश्रो भएकी छन् । उनले निर्धारित दूरी ४ मिनेट २६.२२ सेकेण्डमा पूरा गरिन् । तेश्रो बनेकी श्रीलङ्काकी नुलरा रामुडीले ४ मिनेट ४१.९१ सेकेण्डमा दूरी पार गरिन् ।

यसअघि गौरिकाले २ सय मिटर फ्रिस्यायल र ब्याकस्टोकमा स्वर्ण जितेकी थिइन् । गौरिकाले फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान समेत कायम गरेकी थिइन् ।

सन् २०१८ को राष्ट्रिय खेलकुदमा आफैले बनाएको रेकर्ड सुधार गरेकी थिइन् । उनले फ्रस्टायलतर्फ २ मिनेट ०५.०६ मिनेटमा दुरी पार गरेकी थिइन् । यसअघि उनले उक्त रेकर्ड २ मिनेट ०९.१९ को कायम गरेकी थिइन् । जारी सागमा गौरिकाको यो तेस्रो स्वर्ण हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७