बंगलादेशविरुद्ध नेपाललाई अग्रता


२२ मंसिर २०७६, आईतवार
football nepal 1 1
?? ????? ????FF?? ?????? v]nf8L sf7df8f}F, @! dª\l;/ M t]x|f}F ?????? ??????? ?????? -???_ cGtu{t ????????????????? ???? ????????? ????? ? ???????? ?????? ????? v]ndf ?? ????? ????F?? ?????? ??? . t:jL/ /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, २२ मंसिर । जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा बंगलादेश विरुद्ध नेपालले अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भइरहेकाे खेलमा मिडफिल्डर सुनिल बलको गोलमा नेपालले राउन्ड रोविनको लिगको अन्तिम खेलमा बंगलादेशमाथि पहिलो हाफमा १–० को अग्रता लिएको हो ।

कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै गोल गरेका थिए । नेपालले खेलको शुरुवात देखि नै बंगलादेशलाई दवावमा राखेको थियो । यो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ ।

बराबरीको अवस्थामा नेपाल उपविजेता बन्दै फाइनल पुग्नेछ । हारले भने नेपालको फाइनल पुग्ने सम्भावना सकिनेछ ।

आजको खेलमा विजयी हुने टोलीले मंगलबार स्वर्णका लागि भुटानसँग खेल्नेछ । भुटानले यसअघि शनिबारको खेलमा श्रीलंकालाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७