शीर्ष स्थानमा रहँदै नेपाल साग फुटबलको फाइनलमा


२२ मंसिर २०७६, आईतवार
Nepal team football 1

काठमाडौं, २२ मंसिर । जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशलाई १–०ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

राउन्ड रोविनको लिगको आधारमा भइरहेको खेलमा तालिका शीर्ष स्थानमा रहँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालको जितसँगै १० अंक भएको छ । भने यसअघि नै फाइनल प्रवेश गरिसकेको भुटानको ९ अंक रहेको छ ।

बंगलादेशविरुद्ध नेपालले पहिलो हाफमा १–० को अग्रता लियो । खेलको मिडफिल्डर सुनिल बलको गोलमा अग्रता थिएको थियो । ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले गोल गरेका हुन् ।

पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन् । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो ।

दोस्रो हाफ कुनै गोल हुन नसकेपछि १–० कै अन्तरमा खेल जित्यो । नेपालले खेलको शुरुवात देखि नै बंगलादेशलाई दवावमा राखेको थियो ।

नेपालले स्वर्णका लागि भुटानसँग खेल्नेछ । नेपालले भुटान यही साग ४–०ले हराएको थियो । भुटानले यसअघि शनिबारको खेलमा श्रीलंकालाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

दोस्रो खेलमा नेपालले श्रीलंकासँग १-१ गोलको बराबारी खेलेको थियो। तेस्रो खेलमा शनिबार नेपालले माल्दिभ्सलाई २‍-१ गोलले हराएकाे थियाे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७