परशुराम कुँवर ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत


२२ मंसिर २०७६, आईतवार
parshuram YYwPVocf5y

काठमाडौं, २२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्रीले शुक्रबारदेखि पद बहाली गरेका छन् । ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गते देखि एकिकृत कारोबार सुरु भएको हो ।


तीन दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका क्षेत्री २०७४ साल असार १ गते देखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि उनले तत्कालिन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् ।


वि।सं। २०४२ साल देखि तत्कालिन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गर्नुभएका क्षेत्रीले तत्कालिन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंक लिमिटेडको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीन वर्ष ६ महिना कार्य गरेका थिए ।


गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रम पश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गराएका हुन् । एकिकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजीकोष २४ अर्ब, कुल निक्षेप २१३ अर्ब, कुल कर्जा १९४ अर्ब भन्दा बढी रहेको छ ।

त्यस्तै ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा÷सञ्जाल, २५९ एटिएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७