‘सत्याग्रहले सहकार्य तोड्यो, गेसो १३ बुँदामा अडिग छ’

‘गेसोको उपलब्धिका कारण ज्ञानराज राई, कृष्णबहादुर राईहरु बेलायत पुगेका हुन्’


२० मंसिर २०७६, शुक्रबार
gaeso

ललितपुर, ३० मङ्सिर । गोरखा भूतपूर्व सैनिक सङ्घ(गेसो)का सभापति कृष्णकुमार राईले भूतपूर्व  गाेर्खाहरूबिचको  भएकाे एकता सत्याग्रहले तोडेको बताएका छन् । गेसो केन्द्रीय कार्यसमितिले बिहीबार गेसो आन्दोलनको पहिलो मुद्दा २७ नोभेम्बर २००२ मा जितेको अवसरमा आयोजना गरेका विशेष भेटघाट कार्यक्रम सत्याग्रहले नोभेम्बर ४ र ५ तारिख कार्यगत एकता तोडेको बताएका हुन् ।

‘हामी स्पष्ट छौँ, सत्याग्रहसँग सहकार्य त्यति बेला तोडियो, जुन बेला सत्याग्रहले अन्तर्राष्ट्रिय सम्मेलन घोषणा गर्‍यो त्यही दिन सत्याग्रहले कार्यगत एकता तोड्यो । तर फेरी ठुलो हृदय, ठुलो छाती बनाएर भन्छौँ, कार्यगत एकता तोड्नु हुन्न ।’ उनले भने,‘ विचारमा विमति भए, आउनुहोस्, बसेर छलफल गरौँ , सहकार्य गर्न तयार छौँ । तर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने, गोर्खा राज्य माग्ने, गोर्खा भर्ती बन्द गर्ने लगायत नारामा हाम्रो समर्थन हुने छैन ।’

उनले गेसो १३ बुँदेमा अडिग रहेको समेत स्पष्ट पारे । उनले भने,‘ गेसो १३ बुँदेमा टेकेर अगाडि बढ्न चाहन्छ, १३ बुँदेलाई तोड्न पाउँदैन, तपाइहरूले गल्ती गर्दे हुनुहुन्छ, ७ बुँदा पारित गरिसक्नु भएको छ । दुई सरकारबिच कुरा अगाडी बढिरहेको बेला तपाईँहरूको ७ बुँदाले गोर्खाहरू चिन्तित छ ।’

उनले गेसोले सम्पूर्ण भूपुहरु कल्याणका लागि लडिरहेको बताउँदै फुटेर होइन जुटेर अगाडि बढ्नु पर्छ भन्ने विचार अगाडि ल्याएकै कारण सत्याग्रहसँग एकता भएको समेत स्मरण गरे ।

उनले सत्याग्रहसँग कटाक्ष गर्दे भने,‘अन्तर्राष्ट्रिय सम्मेलन भनेर लागिरहनु भएको छ, कार्यक्रम   राष्ट्रिय गोष्ठी, अनि त्यसपछि युवराज संग्रौला किताब विमोचन गर्ने गरियो । तपाईहरू किन अलमलमा पर्नुभएको हाे ? आफूलाई विद्धान र वकिल भन्ने मान्छेलाई किन यसरी लागिरहेका हुन् ?’

उनले कार्यक्रम गोर्खा सैनिकहरूको न्याय र अधिकारका लागि गोर्खा भूतपूर्व सैनिक सङ्घ ‘गेसो’ले निरन्तर शान्तिपूर्ण सङ्घर्ष गरिरहने जनाएको छ । उनले सत्याग्रहका नेताहरू गेसो आन्दोलनकै उपलब्धिको कारण भूतपूर्व सैनिकहरु बेलायत पुगेको बताएका छन् ।

‘गेसोको कारण आज ज्ञानराज राई, मेरो नम्बर कृष्णबहादुर राईहरू बेलायत पुग्नुभएको हो, सुन्दा उहाँहरूलाई अप्ठ्यारो लाग्न सक्छ । गेसो नभएको भए न हामी जान पाउँथ्यो, न ज्ञानराज राई जना पाउँथ्यो ।’ उनले भने,‘गेसोले पेन्सन वृद्धि गर्‍यो, गेसो, गोपाल सिवाकोटी चिन्तन, वनेको २७ नोभेम्बरमा मुद्दा जित्यो । २९ अप्रिलमा बेलायतको संसद्मा गोर्खाहरूको पक्षमा मत जारी गर्‍यो, गेसोले सदनबाट जित्यो, सदनबाट अनुमोदन भयो, गोर्खाहरुको विश्वको मिडिया गयो । त्यो गेसोले, वेनको र गोपाल चिन्तन सिवाकोटीले कारण भएको हो ।’

यस्तै उनले पूर्व सभापति पदम बहादुर गुरुङ प्रति कटाक्ष गर्दे हिजो जसलाई उद्धार भनेको मान्छेहरू गाला जोडेर हिँड्नेसँग गेसोलाई कुनै असर नपर्ने बताए ।

यसैगरी कार्यक्रम गेसो सल्लाहकार तथा पूर्व महासचिव पुरन्जन राईले पदमबहादुर गुरुङ आफैले गद्धार घोषणा गरेको व्यक्ति घाटी जोडेर हिँडेको बताएका छन् ।

उनले भने,‘हामीलाई पदम बहादुर गुरुङ गुमरायो राख्ने काम गरेछ भन्ने कुरा स्पष्ट भइरहेको छ, हिजो जसलाई मञ्चबाट गद्धार, ब्रिटिसको दलाल हुन भन्ने मान्छेहरूसँगै उनी घाटी जोड्न गइरहेको छ । पदम बहादुर पनि ब्रिटिसको दलाल त होइन भन्ने शङ्का लागेको छ । तमाम भूपूहरुलाई अन्योल राख्ने काम भइरहेको सजग हुनुपर्छ ।’

उनले नेपाल सरकारको तर्फबाट आन्दोलनको टुङ्ग्याउने दिशामा अघि बढिरहेको बेला सत्याग्रहले अन्तर्राष्ट्रिय सम्मेलनको गर्नु भूपूहरुलाई भ्रम सिर्जना गर्ने काम गरेको बताए ।

यसै गरी कार्यक्रममा इतिहासविद् डा.सुरेन्द्र केसीले गोर्खा आन्दोलनमा गेसोले निवार्ह गरेको भूमिकाको खुलेर प्रशंसा गरे । ‘साम्राज्यवादीको मुख्य हतियार नै फुटाउ र शासन गर भन्ने अश्त्र हो’, केसीले भने, ‘त्यसबाट बचेर सम्पूर्ण गोर्खाहरूले अन्तिम लडाइँ लड्नु पर्छ ।’

उनी गोर्खाहरूको विषयमा विज्ञ समेत रहेका डा. केसीले १५ वर्षपछि गोर्खाहरूको महत्त्वपूर्ण कार्यक्रममा सहभागी भएको बताए । उनले भने,‘म १५ वर्षपछि गोर्खाहरूको महत्त्वपूर्ण कार्यक्रम आउँदै छु, मैले प्राप्त उपलब्धिलाई प्रयोग गर्दे थप उपलब्धिको लागि सङ्घर्ष गर्नुपर्छ भन्दा तर पदम गुरुङले असन्तुष्टि व्यक्त गर्नुभयो, आन्दोलन कुरा गर्नु, आन्दोलन बिगार्न खेल हो भन्नुभएपछि म यो आन्दोलन बाट टाढिए ।’

यस्तै कार्यक्रम गोर्खा निवृत्तिभरण विशेषज्ञ तथा भूपू गोर्खाका सल्लाहकार डा. चन्द्र कुमार लक्सम्बाले भूपूगोर्खाहरुले अहिलेसम्म प्राप्त गरेको उपलब्धिको श्रेय लिन खोज्नु चाहीँ ठुलो गल्ती हो भएको बताए । यी उपलब्धि गेसोको कारण प्राप्त भएको स्पष्ट पारे ।

त्यसैसरि उनले १ अक्टोबर १९९३ पछि भर्ती भएका गोर्खा सैनिकले १ अप्रिल २००७ देखिनै बेलायती नागरिक सरह तलब, सेवा सुविधा र निवृत्तिभरण पाउन थालिसकेका बताए ।

त्योभन्दा अगाडिका करिब २२ हजार सङ्ख्यामा रहेको भूपू गोर्खा र विधवाहरूले अझै पनि यो सेवा सुविधा र निवृत्तिभरण पाएका छैनन् । बाँकी रहेका सबै माग १३ बुँदेमा समेटिएकाले कूटनीतिक पहलबाट समस्या समाधान हुनेमा आशावादी भएको उनले जनाए ।

कार्यक्रम प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई गोरखाहरूको प्रशंसा गरे । उनले भूपू गोर्खाहरू समस्या समाधानका लागि आफूहरू लागिरहेको बताए ।

कार्यक्रमको अध्यक्षता उप सभापति मणि किरात बान्तावा, सञ्चालन उपसभापति जितबहादुर राई र स्वागत मनतब्य ललितपुर महिला समितिको अध्यक्ष इन्द्र कुमारी राईले दिएकी थिइन् ।

के छ १३ बुँदेमा ?
१. २२ वर्ष नोकरी पूरा गरेका बेलायती गोर्खाहरुले अन्य बेलायती सिपाहीसरह ब्रिटिस सिपाही सरह दर्जा अनुसारको पूर्ण निवृत्तिभरण पाउनु पर्ने।

२. २१ वर्ष उमेरमा सेवा सुरु गरी १६ वर्ष नोकरी पूरा गरेका ब्रिटिस गोर्खा अधिकृतले अन्य बेलायती अधिकृत सरह समान दर्जा अनुसारको पूर्ण निवृत्तिभरण पाउनुपर्ने।

३. १५ वर्ष सेवा पूरा गरेका बेलायती गोर्खा सिपाहीले वेलायती सिपाहीले पाउने २२ वर्षको निवृत्तिभरण समानुपातिक दर्जाअनुसारले पाउनु पर्ने।

४. सेवाअवधि सिलसिला लडाइँमा मृत्यु भएका, मरेका र घाइते भएका ब्रिटिस गोर्खाले ब्रिटिस समान लिबरल र आसक्त (डीसएबिलिटी), विधुवा र पण्डितको पेन्सन पाउनु पर्ने।

५. सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाहरुले एकमुष्ठ क्षतिपूर्ति रकम पाउनु पर्ने।

६. सन् १९७५ पछि कम्तिमा २ वर्ष नोकरीबाट सेवानिवृत्त भएका तर कुनै निवृत्तिभरण नपाएकाहरुलाई सञ्चित निवृत्तिभरण (प्रिजभड पेन्सन) ब्रिटिस सिपाही सरह दिइनुपर्ने ।

७. ब्रिटिस गोर्खा सिपाहीले बेलायतमा रहदा नेशनल इन्स्युरेन्स (राष्ट्रिय विमा) तिरेको र साथै समान तलब भत्ता पनि नपाएको हुँदा उनीहरुले राज्यप्रदत्त निवृत्तिभरण (स्टेट पेन्सन) पाउनु पर्ने।

८. गोर्खाहरुलाई ऐतिहसिक अन्याय भएको हुँदा दर्जा र सेवा अवधिअनुसार अन्यायको क्षतिपूर्तिका पाउनु पर्ने।

९. नियमित सेवापश्चात निवृत्त वा वर्खास्त भएका तर हाल मृत्यु भईसकेका वेलायती गोर्खाका छोराछोरीले सद्भावना भुक्तानी (गुडवील पेमेन्ट) पाउनु पर्ने।

१०. बेलायती गोर्खाहरुको लागी मेडिकल सुविधा इन्डियन गोर्खाहरुले पाएसरह नेपालमा समान औषधि उपचारको व्यवस्था गरिदिनु पर्ने।


११. वेलायति गोर्खाका ३० वर्ष भन्दामाथि उमेरका सबै छोराछोरी सबैलाई बेलायती आवासीय अधिकसत दिइनु पर्ने।

१२. भूतपूर्व ब्रिटिस गोर्खा र तिनका परिवारलाई ९० दिन नेपाल बस्न पाउने सुविधा दिन पर्ने।

१३. भूतपूर्व ब्रिटिस गोर्खाहरुले पाउने निवृत्तिभरण (पेन्सन) सुविधा नेपाल राष्ट्र बैंकमा जाने व्यवस्था मिलाउनु पर्ने।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७