गुप्तचरलाई फोन ‘ट्यापिङ ’को अधिकार दिइँदै, टेलिफोन कुराकानी रेकर्ड गर्न सक्ने


२३ मंसिर २०७६, सोमबार
phone

काठमाडौं, २३ मंसिर । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ ।

विभागलाई विदेशीको प्रतिजासुसी गर्नेदेखि टेलिफोन ट्यापिङ गर्न सक्ने अधिकार दिन लागिएको छ ।

संसद्मा दर्ता भइसकेको ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा गुप्तचरमा ब्यापक परिवर्तन गर्न लागिएको छ ।
विभागलाई बलियो बनाउन प्रधानमन्त्री तथा मुख्यसचिबको नेतृत्वमा दुई समिति हुनेछन् ।
फोन इन्टरसेप्सनको अधिकार
विभागलाई पहिलो पटक फोन इन्टरसेप्सनको (गोप्य रुपमा टेलिफोन कुराकानी रेकर्ड) को अधिकार समेत दिन लागिएको छ ।

विधेयकको १० मा यससम्बन्धी व्यवस्था छ । दुरुपयोग हुनसक्ने र नागरिकको गोपनियताको हक हनन् हुनसक्ने भएकाले यो अधिकार भने विवादित समेत हुन सक्ने देखिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७