१३ औं साग : महिला फुटवल फाइनलसहित आज १३ खेल हुँदै, कुन खेल कहाँ ?


२३ मंसिर २०७६, सोमबार
sag

काठमाडौं, २३ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज (सोमबार) १३ खेल हुँदैछन् ।

सोमबार क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सिङ र कुस्तीमा प्रतिस्पर्धा हुने जनाइएको छ । कुस्ती खेल जनकपुरमा हुनेछ भने महिला फुटबलको फाइनल पोखरा रङ्गशालामा हुनेछ । महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने छन् ।

कीर्तिपुरको क्रिकेट मैदानमा पुरुष क्रिकेट टिमको स्वर्ण पदकको छिनोफानो हुने छ । स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दा कास्य पदकका लागि नेपाल र माल्दिभ्स भिड्ने छन् ।

बक्सिङमा सोमबार ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । आर्चरमा पनि ४ स्वर्ण पदकको छिनोफानो लाग्ने छ । सुटिङमा सोमबार एउटा स्वर्ण पदकको छिनोफानो लाग्ने छ । टेनिसमा महिला र पुरुषको सिंग्ल्स तर्फको स्वर्ण पदकका लागि भिडन्त हुँदैछ । कुस्ती, जुडो, पौडीमा पनि स्वर्ण पदकको छिनोफानो लाग्न बाँकी छ ।

बास्केटबलमा सोमबार सेमिफाइनलको खेल हुँदैछ । सेमिफाइनलमा नेपाल र भारत तथा श्रीलंका र बंगलादेशले खेल्ने छन् । महिलाको इभेन्टमा नेपाल र माल्दिभ्स तथा भारत र भुटान भिड्ने छन् । थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल र फाइनल खेल सोमबार नै हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७