१३ औं साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा (पदक तालिकासहित)

कुन देशका खेलाडीले कुन–कुन पदक कति जिते ?


२३ मंसिर २०७६, सोमबार
women gold medalist1

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।

आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौं, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।
नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।
साग पदक तालिका :-

देश         स्वर्ण         रजत            कास्य     जम्मा
भारत      १३१           ७७             ४०           २४८
नेपाल      ४५            ४४             ७५          १६४
श्रीलङ्का ३४               ६६            ९३            १९३
पाकिस्तान २८          ३४             ४३            १०५
बङ्गलादेश ८           २८              ६६           १०२
माल्दिभ्स १             ०                 २               ३
भूटान       ०             ०                 ९                ९

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७