संगीताले संघर्षको तीन वर्षमै दिलाइन् स्वर्ण पदक


२३ मंसिर २०७६, सोमबार
sanghit dhami scaled
:j0f{ kbs ljh]tf wfdL wg’iff, @! dªl;/M hgsk’/df hf/L !#cf}F blIf0f PlzofnL v]ns”b -;fu_ cGtu{t zlgaf/ ePsf] s’:tL k|ltof]lutfdf :j0f{ kbs ljh]tf !( jifL{of ;+uLtf wfdL . t:aL/M chos’df/ ;fx÷ /f;;

भीमदत्तनगर, २३ मङ्सिर ।  १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ ।

उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी भएको थियो । अहिले उनको गृहनगर खुशियालीले रमाएको छ ।

जनकपुरमा गत शनिबार सम्पन्न ५५ किलो तौल समूहतर्फ उनले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गर्दै नेपाललाई महिलातर्फको कुस्ती खेलमा स्वर्ण पदक दिलाएको थियो । ‘धामीको मेहनत, परिश्रम र नियमित प्रशिक्षणले नेपाललाई सफलता हात लागेको हो ।’ प्रशिक्षक राजेन्द्र चन्दले भने।

तीन वर्षअघि हटौँडामा भएको राष्ट्रिय खेलकूद प्रतियोगिताबाट उनले कुस्तीमा स्पर्धा थालिएको थियो । ‘तीन वर्षअघि भीमदत्तनगर छेउछाउका स्कूलहरुमा खेलाडी खोज्दै हिँडेका बेला सङ्गीतालाई यहाँको भृकुटीबाट खेलमा ल्याएको हुँ ।’ प्रशिक्षक चन्दले भने, ‘सङ्गीताको स्वर्णले सबैलाई खुशियाली दिलाएको छ ।’ यसअघि बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि उनले स्वर्ण पदक हात पारेकी थिइन् ।

उनले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी छिन् । स्नातक तहको अध्ययनलाई अघि बढाउने योजनामा छिन् । १२ औं सागदेखि मात्र महिला कुस्तीलाई प्रतियोगितामा समावेश गरिएको थियो । ‘बाह्रौँ सागमा पनि सुदूरपश्चिमबाट तीन जना महिला खेलाडीले भाग लिएका थिए ।’ प्रशिक्षक चन्दले भने, ‘अहिले यहाँबाट सहभागी अधिकांश महिला खेलाडीले नेपाललाई पदक दिलाएका छन् ।’

kusti 1

त्यसैगरी भीमदत्तनगरका शिवाङ्गी दुबे, अम्बिका भण्डारी र मनिषा सिंह र कोमल खत्रीले पनि पदक प्राप्त गर्न सफल भएका छन् । शिवाङ्गी, अम्बिकाले रजत र मनिषा र कोमलले काष्य पदक हात पारेको प्रशिक्षक चन्दले जानकारी दिए । त्यसैगरी भीमदत्तनगरकी निर्मला जागरीले पनि रजत पदक जितेकी छिन् । पछिल्लो समय सबैभन्दा बढी महिला कुस्ती खेलाडी भीमदत्तनगरबाट साग स्प्रर्धामा पुगेका छन्

kusti

‘महिलातर्फ सात जनामा छ जना भीमदत्तनगरकै खेलाडी पर्न सफल भएका थिए ।’ चन्दले भने, ‘यो ठूलो उपलब्धिको विषय हो ।’ त्यसैगरी पुरुषतर्फ कुस्तीको ७० किलोतौल समूहमा कास्य पदक भीमदत्तनगरका सुरेश चुनाराले दिलाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७