कप्तान निरु र मनमायाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा


२३ मंसिर २०७६, सोमबार
NIRU HARI MAMMAYA

 काठमाडौं,२३ मंसिर । महिला राष्ट्रिय फुटबल टोली कप्तान निरु थापा र मनमाया लिम्बु अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगत्तै निरु र मनमायाले सन्यासको घोषणा गरेका हुन् ।

सागको फाइनलमा पराजित भएसँगै हरि खड्काले पनि टोलीको मुख्य प्रशिक्षकबाट राजिनामाको घोषणा गरेका थिए । सागका अहिले सम्मका तीन पटककै फाइनलमा नेपाल भारतसँग नै पराजित भएको थियो । निरु फरवार्ड र मनमाया डिफेन्स हुन् । निरुले सागमा टोलीलाई स्वर्ण पदक दिलाएर सन्यास लिने चाहना रहेको बताउँदै आएकी थिइन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७