भारतसँग पराजित भएपछि प्रशिक्षक हरि खड्काले दिए राजीनामा


२३ मंसिर २०७६, सोमबार
hari khadka

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का नेपाली महिला फुटवल टिम पराजित भएपछि प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् ।
साग महिला फुटबलको फाइनलमा २–० ले पराजित भएसँगै नेपाली महिला टिमका प्रशिक्षक हरि खड्काले राजीनामाको घोषणा गरेका हुन् ।

पोखरामा भएको फाइनल हारसँगै नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ । खड्काले भने, ‘गोल्डको टार्गेट लिएका थियौं । यो पुरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु ।’

खड्काको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँगै हारेको थियो । फाइनलमा नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको तर भारतले पाएको दुबै अवसरमा गोल गरेको उनले सुनाए ।

‘डिफेन्स र गोलकिपरबीच कम्युनिकेशन ग्याप भएका कारण गोल हुनपुग्यो । अर्को गोल पनि हाम्रै कमजोरीमा भयो’, उनले भने । समग्र प्रतियोगताले नेपालको स्ट्राइकिङ जोनमा अझै सुधार गर्नुपर्ने देखिएको खड्काले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७