तीन बालिका बलात्कारको आरोपमा अमेरिकी नागरिक हाेटलबाटै पक्राउ


२३ मंसिर २०७६, सोमबार
1575887062Moddy

काठमाडौं, २३ मंसिर । तीन नेपाली बालिका बलात्कारको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।

पैसाको लोभ देखाउँदै नेपाली बालिका बलात्कार गरेको आरोपमा अमेरिकी नागरिक ४० वर्षीय ज्यासोन लोएड मुडीलाई केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार त्रिभुवन विमानस्थलस्थित मेमोरियल गेस्ट हाउसबाट पक्राउ गरेको हो ।

मुडीलाई होटलको १०४ नम्बर कोठाबाट तीन बालिकासहित पक्राउ गरिएको व्यूरोले जानकारी दिएको छ । उनलाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।

५६७४७२५३५ राहदानी बाहक उनलाई जबरजस्ती करणी तथा जबरजस्ती उद्योग गरेको कसुरमा अनुसन्धान थालिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताएका छन् । मुडी अमेरिकाको इलिनोइज राज्यको भएको जनाइएको छ ।

पाण्डेका अनुसार एक बालिकालाई उनले करणी गरेका थिए । दुई बालिकालाई करणी प्रयास गरेको खुलेको छ । बालिकाको उमेर ७, ९ र ११ वर्षको रहेको व्यूरोले जानकारी दिएको छ ।

मुडी बसेको कोठाबाट तीन थान राहदानी, ल्यापटप, चार थान मोबाइल, बैंकका एटिएम कार्डहरू, विश्वभाषा क्याम्पसबाट जारी भएको परिचय पत्रलगायत बरामद भएको छ ।

विश्वभाषा क्याम्पस पढ्ने मुडीले बालकहरूलाई कोठामा लगेर यौन दुराचार गर्ने गरेको सूचनापछि प्रहरीले होटलमा छापा मारेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७