प्रभु बैंक र गोर्खा सत्याग्रह समिति नेपाल वीच प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन सम्झौता

काठमाडौं,२३ मंसिर । ललिपतुर महानगरपालिका वडा नं. १४ मानभवनस्थित गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैंक वीच ब्रिटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भूतपूर्व सैनिकहरुको प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन गर्ने सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ ।


गोर्खा सत्याग्रह समिति, नेपालका तर्पmबाट अध्यक्ष कृष्ण बहादुर राई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आज एक समारोहका वीच उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

गोर्खा सत्याग्रह समिति नेपाल खासगरी ब्रिटिश सरकारको सैनिक सेवामा कार्यरत तथा भूतपूर्व गोर्खा सैनिकहरुको हितमा क्रियाशील रहेको गैरसरकारी संस्था भएकोले गोर्खा सत्याग्रह समिति नेपालले प्रभु बैंकको कमलादी शाखा कार्यालयमा आप्mनो नाममा खाता खोली कारोबार गर्ने छ ।


गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले पनि प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट प्रभु स्पेशल सेभिङ्ग खाता खोल्न सक्ने व्यवस्था मिलाईएको छ । गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले प्रभु बैंकमा प्रभु स्पेशल सेभिङ्ग खाता खोली ब्रिटिश सरकारबाट प्राप्त गर्ने पेन्सन रकम सिधै प्रभु बैंकमा रहेको सम्बन्धित खाताधनीको खातामा जम्मा हुने व्यवस्था मिलाईनेछ ।

प्रभु स्पेशल सेभिङ्ग खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथा भुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता खोल्न सक्नेछन् । हालको लागि वार्षिक ६।५ प्रतिशत ब्याज प्रदान गरिने उक्त खातामा बैंकको नियमानुसार ब्याजदर परिवर्तन हुन सक्नेछ ।

यूपिआई कार्डको सेवा शुल्क (पहिलो वर्षको लागि मात्र) चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट, गुड फर पेमेन्ट शुल्क, बैंक स्टेटमेन्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ्ग दर्ता गर्दा लाग्ने सेवा शुल्क निःशुल्क प्राप्त हुनेछ । यो सम्झौता बमोजिम खाता खोल्ने ब्रिटिश सैनिकमा कार्यरत सैनिक तथा भुतपुर्व ब्रिटिश गोर्खा सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राप्mट, ट्राभल कार्ड तथा मोबाईल बैंकिङ्ग उपभोग गरे बापत लाग्ने सेवा शुल्कमा ६.५ छुट समेत प्राप्त गर्नेछन् ।

साथै, स्पेशल प्रभु सेभिङ्ग खातामा सम्बन्धित सैनिकको पहिलो पटक पेन्सन जम्मा हुनासाथ सम्बन्धित सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा ५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकमसम्म व्यक्तिगत कर्जा शीर्षक अन्तर्गत विना धितो कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्