सिद्धार्थ बैंकको एसएमई कर्जा योजना संचालनमा


२३ मंसिर २०७६, सोमबार
1531745643sidhartha

 

काठमाडौं, २३ मंसिर । सिद्धार्थ बैंकले सरल एसएमई कर्जा योजना सञ्चालनमा ल्याएकोे छ।

साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै ब्याजदरमा ७५ हजारसम्मको कर्जा सुविधा सहजरूपमा प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याएको हो।

सरल एसएमई कर्जा सुविधा साना तथा मझौला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ।

यो कर्जा सुविधा विशेषगरी पर्यटक, कृषि संलग्न तथा महिला उद्यमीहरुका लागि लक्षित गरिएको छ। यस कर्जा योजनाअन्तर्गत पुर्व भुक्तानी शूल्क नलाग्ने, चालू पूंजी र स्थायी सम्पत्तीको ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा, दश वर्षसम्मको आवधिक कर्जालगायतका सुविधा छ।

सिद्धार्थ बैंकले हाल देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टरसहित) १०१ शाखारहित बैंकिङ सेवा, १९४ एटिएम र १ हजार ६ सय भन्दा बढी पिआएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७