महिला सांसद भन्छन्, ‘पुरुष सांसदले हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ?’


२४ मंसिर २०७६, मंगलवार
samsad bhawan 1 GYtZbbFHXW

काठमाडौं, २४ मंसिर । आम महिला मात्र होइन महिला सांसदहरुले आफूहरु समेत यौन हिंसामा पर्ने गरेको गुनासो गरेका छन् ।

गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौन हिंसा भएको बताइन् । भनिन्, ‘पुरुष सांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ । तर, इज्जतको डरले सहन बाध्य छौँ ।’

पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनु पर्छ ?,’ उनले भनिन् ।

पढेलेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेको उनले गुनासो गरिन् । अर्की सांसद भन्छिन्, ‘हिंड्दा ठोक्किँदै हिंड्छन्, गफ गरेर बसेका छौं भने जिस्किँदै रफ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७