जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपाली


२४ मंसिर २०७६, मंगलवार
japan

काठमाडौं, २४ मंसिर । नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर नेपाल देखिएको छ ।

कारोबारका अनुसार गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलियो, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबैभन्दा कमजोर नतिजा नेपालको छ ।

जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामा नेपालबाट ४९७ ले परीक्षाका दिएकोमा ५६ जना मात्र उत्तीर्ण भएका छन् । सो नतिजाअनुसार सबैभन्दा बढी मंगोलियाबाट ६१ र नेपालबाट ११ प्रतिशत उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७