१३ औं साग पुरुष फुटबल : अभिषेक रिजालले गरे नेपालका लागि पहिलो गोल


२४ मंसिर २०७६, मंगलवार
football 3

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंगलबार पुरुष फुटबलमा नेपालले पहिलो गोलको खाता खोलेको छ ।

दशरथ रङ्गशालामा जारी नेपाल र भुटानबीचको फाइनल खेलमा नेपालका तर्फबाट अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका छन् । स्वर्ण पदकका लागि भएको फाइनल प्रतिष्पर्धामा विजेता टिमले स्वर्ण पदक पाउने छ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ ।

राउण्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७