भुटानविरुद्ध दोस्रो गोल गरेपछि सुनिल बलले पत्रकारको मोवाइलमै हाने ‘सेल्फी’ (फोटो फिचर)


२४ मंसिर २०७६, मंगलवार
selfy nepali football

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज (मंगलबार) भइरहेको नेपाल–भुटानको फाइनल खेलले नेपाली दर्शकलाई मात्र उत्साहित बनाएको छैन खेलाडीलाई समेतमा फुटवलमा नयाँ इतिहास कायम गर्ने जोश देखिएको छ ।

नेपाल–भुटानबीच जारी फुटवल फाइनलमा अहिलेसम्म नेपालले २–१ को अग्रता लिइरहेको छ । नेपालका लागि दोस्रो गोल सुनिल बलले गरेका छन् । एक–एक को बराबरीमा खेल चलिरहेका बेला दोस्रो हाफमा सुनिल बलले नेपालका लागि दोस्रो गोल गरेका हुन् । नेपालका लागि दोस्रो गोल गरेका उनले आफ्नो खुशी मैदानमै व्यक्त गरेका छन् ।

उनले दोस्रो गोल गर्ना साथ दशरथ रङ्गशालामै रहेका पत्रकारको मोवाइलबाट ‘सेल्फी’ हानेर नेपाली दर्शकलाई थप रोमाञ्चित बनाएका छन् । यसअघि नेपालका तर्फबाट अभिषेक रिजालले गोलको खाता खोलेका । यस्तै भुटानका लागि पहिलो हाफको अन्ततिर भुटानका सेञ्जो ग्याल्जेनले एक गोल गरेका थिए ।

अभिषेक रिजालले जारी सागमा योसँगै ३ गोल गरेका छन् । उनले यसअघि माल्दिभ्स र भुटानविरुद्ध एक–एक गोल गरेका थिए । नवौं मिनेटमा मिक्चेन तामाङले पोष्ट भित्र पाएको मौकामा भने चुकेका थिए । नेपालको खेल हेर्न दशरथ रङ्गशालामा दर्शकको उल्लेख्य उपस्थिति छ । स्वर्ण पदकका लागि भएको फाइनल प्रतिष्पर्धामा विजेता टिमले स्वर्ण पदक पाउने छ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ ।

राउण्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।

हेर्नुस् तस्विरहरु

selfy 1
selfy 2
m1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७