महिला खेलाडीले देशको शिर उच्च बनाएको साग


२४ मंसिर २०७६, मंगलवार
gold medalist scaled

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले ५१ औं स्वर्ण जित्दै समापन भएको छ । यसअघि ३१ स्वर्ण सम्म जितेको नेपालले यस सागमा सबै भन्दा धेरै स्वर्ण जित्न सफल भएको हो ।
सागमा समावेश २६ खेलमध्ये नेपालले २५ मा पदक जित्यो । नेपालले ५१ स्वर्ण, ५५ रजत र ९२ कास्यसहित कुल १९८ स्वर्ण जित्न सफल भयो । सुटिङमा भने पदकविहीन रह्यो । मार्सल आट्र्समा नेपालले सर्वाधिक ३२ स्वर्ण जित्यो । जसमा तेक्वान्दोबाट सर्वाधिक १२ कराँतेबाट १०, उसुबाट ५, बक्सिङबाट ३ र जुडोबाट २ जित्न सफल भयो  ।

यस्तै नेपालमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहदा सागमा सर्वाधिक सफल खेलाडीहरु महिला देखिएका छन् । नेपालले जितेको ५१ स्वर्ण आधा भन्दा बढी २९ स्वर्ण महिला खेलाडी जित्न सफल भए ।

 

‘जलपरी’ गौरिका बनिन् साग प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी

१३ औं सागमा नेपाली खेलाडीहरुले थुप्रै कीर्तिमान पनि बनाएका छन । बनेका कीर्तिमानीहरु अधिकांश महिला खेलाडीले नै राख्न सफल भए । पौडीकी गौरिका सिंहले चार स्वर्ण जितिन् । उनले एक संस्करणमा चार स्वर्ण जित्दै नयाँ बनाइन् ।

नेपालका दुुई खेलाडी एक सागमा दुुई स्वर्ण जित्ने कीर्तिमान बनाए । जस दुई सन्तानकी आमा आयशा शाक्यले कीर्तिमान बनाइन् । भने कराँतेका मण्डेकाजी श्रेष्ठले पनि एकै संस्करणमा दुई स्वर्ण जित्ने कीर्तिमान बनाए ।

यस्तै ट्रायथलनमा सोनी गुरुङ, १० हजार दौडमा सन्तोषी श्रेष्ठ, कुस्तीमा संगीता धामीले पहिलो स्वर्णको इतिहास रचे बनाए । भारोतलन महिलामा सञ्जु चौधरी, बक्सिङ महिलामा मिनु गरुङले पहिलो स्वर्ण जित्न सफल भए ।  महिला क्रिकेटकी अञ्जली चन्दले विश्व कीर्तिमान बनाइन् । उनले २.१ ओभरमा कुनै रन नै नदिई ६ विकेट लिए ।

यस्तै नेपालले साइक्लिङ, गल्फ, ट्रायथलन र कुस्तीमा पहिलो पटक स्वर्ण जितेको छ । यो सागमा नेपाली महिला दौडन, उफ्रन, पौडिन मात्र होइन कराँते र कुस्तीमा पनि अरु भन्दा अब्बल देखिए । यी खेलमा महिला खेलाडीले पाएका पदकले देशको शिर उच्च बनाएको छ ।

१३ औं दक्षिण एसियायली खेलकुदमा महिला खेलाडीले जितेकाे  स्वर्ण पदक

१. कराते (टिम काता ,महिला) – निर्मला तामाङ, संगिता मगर, सरु कार्की

team kata nepal

२. कराते (४५ केजी मुनी)– कुसुम खड्का

kusum khadka 2

३. कराते (५० केजी मूनि) -अनु अधिकारी

anu adhikari 2 1

४.  कराते (६८ केजी)– सुनिता महर्जन

sunita maharjan 7

कराँतेकी सुनिताले दिलाइन् स्वर्ण, जितपछि रोक्न सकिनन् हर्षका आँशु (फोटो फिचर)

५. कराते (६८ केजी)– अनुपमा मगर

anupama magar 10

अनुपमाको यात्रा जनयुद्धदेखि सागसम्म, स्वर्ण पदक दिवंगत आमालाई समपर्ण

एसियन गेम्सकी पदक विजेतालाई हराउँदै कराँतेकी अनुपमा मगरले जितिन् स्वर्ण

——————-

६. तेक्वान्दो पुम्से  (१७ –२३ वर्ष )– सिना मादेन लिम्बु

cina maden limbu

७. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

८. तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

Ayasha Shakya Sanjive ojha pair Poomse gold scaled

९. तेक्वान्दो पुम्से (२९ वर्ष माथि)– आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१०. पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

११. पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

prasamsa chhetra sushila rai and nita gurung

१२.  तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

kajal shrestha 1

१३. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

—————

१४. ट्रायथलन – सोनी गुरुङ

soni gurung

—————

१५.  उसु (थाउलो) – सुस्मिता तामाङ

susmita tamag 1

उसुमा पनि नेपालको उत्कृष्ट शुरुवात, सुस्मिता तामाङले दिलाइन् स्वर्ण

१६. उसु (थाउलो-नान्दौ) – निमा घर्तीमगर

nima ghartimagar

नेपालमा खेलबाटै जीन्दगी धान्न सकिन्न : निमा घर्ती मगर {सागकी स्वर्ण विजेता}

१७. उसु (५६ केजी) – जुनी राई

juni rai 4 1536x1330 1

—————

१८. एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

santoshi shrestha

भारतकी कवितालाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले जितिन् स्वर्ण

१९.  साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

gold team

२०. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी मगर

 २१.  पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह

२२. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी

२३.  पौडी (२ सय मिटर ब्याकस्ट्रोक)– गौरिका सिंह

२४. कुस्ती (५५ केजी)– संगिता धामी

Sangita Dhami kusti gold medalist

२५.  पौडी (४ सय मिटर फ्रिस्टाइल)- गौरिका सिंह

गौरिकाले जितिन् चौथो स्वर्ण, बनाइन् नयाँ कीर्तिमान

२६. जुडो (५२ केजी मुनि)- देविका खड्का

devika khadga 1

 २७. बक्सिङ (५४ केजी)- मिनु गुरुङ

Minu gurung 1

२८.  जुडो (७८ केजी) – पुनम श्रेष्ठ

poonam sth judo 2

जुडोमा पुनमलाई स्वर्ण, नेपालको स्वर्ण ४९ पुग्यो (सूचीसहित)

२९. पौडी (१ सय मिटर फ्रिस्टाइल) – गौरिका सिंह

याे पनि पढ्नुहाेस्र
यी हुन् सागमा कीर्तिमान बनाउने १२ बर्षीय पाैडीबाज

रजत जित्दै नेपाली महिला ह्यान्डबलले रच्यो इतिहास
१३ औँ सागमा दोस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् पौडीमा इतिहास

जुनी राईले जितिन् स्वर्ण, नेपालको स्वर्ण संख्या ३६ पुग्यो

स्वर्ण जित्दै निमाले बनाइन् नयाँ इतिहास

कराँतेकी सुनिताले दिलाइन् स्वर्ण, जितपछि रोक्न सकिनन् हर्षका आँशु (फोटो फिचर)

सागमा नेपालको चमत्कार, भारतकी कवितालाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले जितिन् स्वर्ण

उसुमा पनि नेपालको उत्कृष्ट शुरुवात, सुस्मिता तामाङले दिलाइन् स्वर्ण

कुसुम खड्काले जितिन् स्वर्ण

कराँतेकी अनुले जितिन् स्वर्ण (फोटाे

दुई सन्तानका आमा आयशा शाक्यले दिलाइन नेपाललाई स्वर्ण

पार्वती गुरुङले जितिन स्वर्ण

सोनी गुरुङले जितिन ट्रायथोलनमा स्वर्ण

नेपाललाई कराँतेको महिला टिम कातामा स्वर्ण (फाेटाेफिचर)

क्रस–कन्ट्री साइक्लिङमा लक्ष्मी मगरले दिलाइन् स्वर्ण, उषालाई रजत

सागमा पुरुष खेलाडी भन्दा महिला सफल, नेपालले ४१ स्वर्ण जित्दा २३ महिलाले जिते

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७