प्रहरीमा चार हजार दरबन्दीमा खाली,डीआईजीदेखी जवानसम्म (सुचिसहित)


१७ पुष २०७४, सोमबार
Nepal Police 1

काठमाडौं: चार हजारभन्दा बढी दरबन्दी खाली हुँदा पनि बढुवा नभएपछि प्रहरी संगठन भित्र चरम असन्तुष्टी उत्पन्न भएको छ । गत कात्तिकदेखि बढुवा समितिको बैठक नबस्दा बढुवा अवरुद्ध भएको हो ।Nepal Police 1

बढुवा समितिका अध्यक्ष गृहसचिव, प्रहरी महानिरीक्षक सदस्य र मानव स्रोतसाधन विभागका एआईजी सदस्य सचिव रहने व्यवस्था छ । पछिल्लो पटक राजनीतिक भागबण्डा मिलाउन ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गरिएको थियो ।

प्रहरी नियमावलीले समेत रिक्त दरबन्दी तत्काल पूर्ति गर्नुपर्ने व्यवस्था गरेको छ । तर ३ महिना बित्न लाग्दासमेत बढुवाको प्रक्रिया अघि बढ्न सकेको छैन । प्रहरी बढुवामा खासगरी सरकारको भूमिका गौण भए पनि राजनीतिक हस्तक्षेपका कारण प्रभावित हुँदै गएको पछिल्ला दृष्टान्तले देखाउँछ । प्रहरी मुख्यालयका अनुसार अहिले ५ डीआइजी, ७ प्रहरी वरिष्ठ उपरीक्षक, ११ प्रहरी उपरीक्षक, ३३ प्रहरी नायब उपरीक्षक, २ सय ९ प्रहरी निरीक्षक, एक सय २० प्रहरी नायब निरीक्षक, १ सय १० प्रहरी सहायक निरीक्षक, ३ सय १४ हवल्दार, ३ हजार ४ सय र १ सय २८ प्रहरी कार्यालय सहायकको दरबन्दी रिक्त छ ।

रिक्त दरबन्दी

डीआईजी( ५

एसएसपी( ७

एसपी( ११

डीएसपी( ३३

प्रहरी निरीक्षक( २०९

सई( १२०

असई( ११०

हवल्दार( ३१४

जवान( ३४००

फलोअर्स( १२८

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७