प्रदेश राजधानी माग राख्दै धनकुटा बन्द


१७ पुष २०७४, सोमबार
vedetar

धनकुटा : प्रदेश राजधानीको माग राख्दै तीन आज धनकुटा बन्द गरिएको छ । एक सातादेखि आन्दोलनमा उत्रिएका धनकुटावासीले आज धनकुटा बन्द गरेका हुन् । धनकुटा बजारसहित हिले, सिधुवा, पाख्रीबास, जीतपुर, राजारानी, डाँडाबजारलगायतका व्यापारिक केन्द्र समेत बन्द गरिएको छ । यसै गरी आज मध्यान्ह १२ देखि १ बजेसम्म राजधानी माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय घेराउ समेत गरिने आयोजकले जनाएको छ ।vedetar

बजार, पसल, कलकारखाना बन्द रहे पनि शिक्षण संस्था तथा यातायात भने खुला रहने आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिएका छन् । राणाकालदेखि हालसम्म पूर्वको मुख्य प्रशासनिक थलो धनकुटालाई प्रादेशिक राजधानी बनाइनु पर्ने दबाबमुलक आन्दोलनका क्रममा बन्द गरिएको श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७