ब्रिटिस गोरखाका अधिकांश समस्या हल भईसके : बेलायती राजदूत पोल्लिट


२५ मंसिर २०७६, बुधबार
brirish rajdut

काठमाडौं, २५ मंसिर । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि बेलायतकी नव नियुक्त राजदूत निकोला पोल्लिटले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहाासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भयो ।

भेटमा गृहमन्त्री थापाले पोल्लिटको कार्यकालमा दुई देशको सम्वन्ध थप उचाईमा पुग्ने बताए । उनी बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूत हुन् । बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या समाधानका लागि पहल गरिदिन गृहमन्त्री थापाले राजदूत पोल्लिटलाई आग्रह गरेको प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन् ।

थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता आशा व्यक्त गरेका थिए । गृह मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि बेलायतले दिंदै आएको तालिम तथा भौतिक संरचना निर्माणमा बेलायतले गर्दै आएको सहयोग निरन्तरताको अपेक्षा पनि मन्त्रीले गरेको भट्टराईले बताए ।

राजदूत पोल्लिटले नेपाल र बेलायतबीच एैतिहाासिक सम्बन्ध रहेको उल्लेख गर्दै इतिहासदेखि नै नेपालले बेलायतलाई गर्दै आएको सहयोगका लागि आफुहरु कृतज्ञ रहेको बताइन । बेलायतमा बस्ने नेपालीहरुको समस्या तथा ब्रिटिस गोरखाका समस्याबारे बेलायत गम्भिर रहेको राजदूत पोल्लिटको भनाई थियो ।

उनीहरुका धेरै समस्या समाधान भएको र बाँकी समस्या केहि समयमै समाधान भइसक्ने उनले बताइन् । राजदूत पोल्लिटले बेलायतले नेपाललाई दिंदै आएको सहयोगमा आगामी दिनमा बढोत्तरी गर्ने समेत बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७