दुई जोइको पोइ, अन्तिममा कोही न कोही : निखिल उप्रेती


२५ मंसिर २०७६, बुधबार
nikhil

काठमाडौं, २५ मंसिर । दुई जोइको पोइ, अन्तिममा कोही न कोही ! यस्तै अवस्थामा पुगेका छन्, हिरो निखिल उप्रेती ।

०५८ मा जेठी कोपिलासँग विवाह बन्धनमा बाँधिएका उनी त्यसपछि कहिले सज्जा मैनालीसँग त कहिले भारतीय युवतीसँग जोडिँदै आए । अर्कैसँग विवाह गरेर बसेकी सञ्चितातिर आँखा मात्र डुलाएनन्, करिअर नै धरापमा राखेर उनलाई पत्नीका रूपमा स्विकारे । अहिले उनी न कोपिलासँग, न सञ्चितासँग, कतै छैनन् ।

शान्तिनगरतिर दिदीसँग बस्थे । कोपिला ठिमीको घरमा, सञ्चिता माइत छिन् । लामो समयदेखि अस्तव्यस्त जिन्दगी जिइरहेका निखिल अब भने नयाँ ट्र्याक समाउन अग्रसर भएको उनका निकटस्थ बताउँछन् ।

पत्नीहरूसँग छैनन्, दिदीकहाँ पनि बस्न छाडे । र, फ्ल्याट खोजेर हिंडिरहेका छन् । लामो समयदेखि एक्लिएका उनी कान्छी सञ्चितासँगै बस्न फ्ल्याट खोजिरहेको उनी निकटस्थ कलाकर्मीले सुनाउने गरेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७