सामाजिक सञ्जालबाट चिठ्ठा पर्‍यो भन्दै १५ करोड ठग्ने तीन जना पक्राउ

नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजना नेपालमा ठगी धन्दा


२५ मंसिर २०७६, बुधबार
arrest haker JBFMl7wlUC

काठमाडौं, २५ मंसिर । सामाजिक सञ्जाल प्रयोग गरेर चिठ्ठाको नाममा ठूलो रकम ठगी गर्दै आएका तीन जना पक्राउ परेका छन् ।

फेसबुक, भाइबर, ह्वाट्स एप, इमोलगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै लोभ देखाएर ठगी गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये खड्का रेष्टुरेन्ट व्यवसायी हुन् ।

खड्काले पछिल्लो समय ठगीको सञ्जाल नै खडा गरेर चिठ्ठा र पार्सको नाममा ठगी धन्दा चलाइरहेको खुलेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनीहरुले नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा काम गरेका थिए । पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले ठगी गरेको रकमको १५ देखि २० प्रतिशत कमिसन राखेर बाँकी रकम भारतमा पठाउने गरेको खुलेको छ । हालसम्म १४ करोड ६९ लाख ९१ हजार शंकास्पद कारोबार भइसकेको देखिएको र उनीहरुले रकम कारोबार गर्न प्रयोग गरको बैंकहरु समेत ह्याक भएको हुनसक्ने प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन् । उनकाअनुसार अहिलेसम्म १५ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७