नेपालमा गाडी कम्पनी खुल्ने पक्का, लगानी बोर्डले गर्‍यो झण्डै १२ अर्बको सम्झौता


२५ मंसिर २०७६, बुधबार

काठमाडौं, २५ मंसिर । नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने भन्दै लगानीको अनुमति मागेको कोरियाली कम्पनी मोट्रेक्ससँग परियोजना लगानी सम्झौता भएको छ । लगानी बोर्ड नेपाल र मोट्रेक्सका प्रतिनिधिबीच बुधबार प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट ढपीआईए)मा सम्झौता भएको हो ।

kampani
सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र मोट्रेक्सका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । लगानी बोर्डले पहिलो चरणमा १०५ मिलियन अमेरिकी डलर (झण्डै ११ अर्ब नेपाली रुपैयाँ)लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७