आज उधौली पर्व र योमरी पुन्ही, सरकारले दिएन सार्वजनिक विदा


२६ मंसिर २०७६, बिहीबार
sakela ubhaulii chad 2076 12

काठमाडौं, २६ मंसिर । बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा नभएको सरकारले स्पष्ट पारेको छ ।

किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै अन्योलमा रहेका बेला सरकारले सार्वजनिक बिदा नभएको स्पष्ट पारेको छ ।

sakela ubhaulii chad 2076 23 sakela ubhaulii chad 2076 21 sakela ubhaulii chad 2076 23 1 sakela ubhaulii chad 2076 2 sakela 2 sakela ubhaulii chad 2076 12

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बिहीबार सार्वजनिक बिदा नभएको जानकारी गराएका छन् । उधौली पर्व मनाउने किराँत समुदाय र योमरी पुन्ही मनाउने नेवार समुदायका कर्मचारीलाई भने आज बिदा दिइएको छ ।

उधौली पर्व मनाइने प्रदेश–१ सहित केही पालिकाहरुले पनि आज बिदा दिएका छन् । गृह मन्त्रालयले विसं २०७५ चैतमै जारी गरेको नयाँ वर्षका बिदासम्बन्धी सूचनामा बिहीबार किराँत समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७