उधौलीको शुभकामना व्यक्त गर्दे हर्षोल्लासपूर्ण मनाउन उपसभामुखको अपिल


२६ मंसिर २०७६, बिहीबार
dr shivamaya tumbahamphe1 scaled

काठमाडौं, २६ मंसिर । किराँत समुदायको महान् चाड साकेला उधौलीका अवसरमा डा. शिवमाया तुम्वाहाङफेले देशविदेशमा रहेका नेपाली किराँत दिदी बहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

किराँत चाड उधौली पर्वका अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै उनले नेपालीबीच सदियौँदेखि रहँदै आएको पारस्परिक सदभाव, भ्रातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाउने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छिन् ।

उनले उधौलीजस्ता चाडवाडले नेपाली धर्म, परम्परा र संस्कृतिलाई जीवन्त राख्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै हर्षोल्लासपूर्ण मनाउन अपिल पनि गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७