युवक नहरमा मृत भेटिए


२६ मंसिर २०७६, बिहीबार
Death

कञ्चनपुर, २६ मंसिर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिंचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् ।

आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

‘प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ’, प्रवक्ता चन्दले भने, ‘घटनास्थलबाट प्रहरीले गम्भीर अनुसन्धान शुरु गरेको छ ।’ घटनास्थलको प्रहरीे टोली मचुल्का गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७