सुडान घोटाला काण्ड : शम्भु भारतीको मुद्दा तेस्रो पटक पेशीमा


२६ मंसिर २०७६, बिहीबार
sarbocha adalat 2

काठमाडौं, २६ मंसिर । बहुचर्चित सुडान घोटाला काण्डमा पक्राउ परेका शम्भु भारतीको मुद्दा तेस्रो पटक पेशीमा चढेको छ ।

भारतीको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी, प्रकाशकुमार ढुङ्गाना र डा. मनोजकुमार शर्माको इजलाशको पेशीमा चढेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
सुडान घोटालाको मुद्दामा विशेष अदालतले २८ करोड ४० लाख रुपैंया भ्रष्टाचार भएको फैसला सुनाएको थियो ।

जसमा विशेष अदालतले कम्पनीका डाइरेक्टर माइकल राईडरलाई दुई वर्ष कैद र ५६ करोड ८० लाख जरीवाना, ठेकेदारका प्रतिनिधी शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो ।

यसअघि सो मुद्दा दुई पटक पेशीमा चढे पनि हेर्न नमिल्ने भन्दै सुनुवाई हुन सकेको थिएन । सुडान घोटालामा दोषी ठहरिएका भारतीलाई ०७६ भदौ १३ गते प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको थियो । त्यसको ४ दिनपछि अर्थात भदौ १७ गते उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिट यसअघि कात्तिक २१ र मंसिर १९ गते पेशीमा चढाइएको थियो ।

०६८ जेठ २४ गते सुडानमा खटिने प्रहरीको मिसन टोलीका लागि सामान खरिदमा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो । सो मुद्दामा ठेकेदार एस्यूर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारतीविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७