हिउँमा चिप्लेर भीरबाट खस्यो ट्रक, दुई जनाको मृत्यु


२६ मंसिर २०७६, बिहीबार
Bus accident दुर्घटना 1

सिमकोट, २६ मंसिर । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्युभएको छ ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्यु भएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताए ।

दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइतेसहित चालकको नाम सोधपुछ गर्ने काम भइरहेको उनले जानकारी दिए । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७