वरिष्ठ पत्रकार भैरव रिसाल, गायिका विमाकुमारी दुरालाई नूर-गङ्गा प्रतिभा पुरस्कार


२६ मंसिर २०७६, बिहीबार
Bhairab risal 1

काठमाडौं, २६ मंसिर । नूरगङ्गा–प्रतिभा पुरस्कार गुठीले यस वर्षको राष्ट्रिय र क्षेत्रीय प्रतिभा सम्मानका लागि प्रतिभाहरुको चयन गरेको छ । गुठीले प्रतिभा सम्मान वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गर्ने भएको छ ।

त्यस्तै रु एक लाख राशीको स्थापित राष्ट्रिय लोकगायन पुरस्कार लमजुङका बिमाकुमारी दुरा, रु ३० हजार राशीको क्षेत्रीय साहित्य पुरस्कार नवलपरासीका प्राडा मुरारीप्रसाद रेग्मीलाई प्रदान गर्ने भएको छ ।

यसैगरी रु २५ हजार राशीको राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार भक्तपुरका अनुज्ञा नेपाल र रु २० हजार राशीको क्षेत्रीय नवप्रतिभा लोकगायन पुरस्कार पाल्पाका कमला पोखरेललाई प्रदान गर्ने निर्णय भएको गुठीका सदस्य सचिव यज्ञप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७