भिआइपी ठग फेरी पक्राउ, यस्ता थिए चेक बाउन्सका मुद्दा


२६ मंसिर २०७६, बिहीबार
dinesh koirala1

काठमाडौं, २६ मंसिर । महानगरीय प्रहरी अपराध महाशाखाले सर्वसाधरणको चार करोड बढी रकम ठगीको आरोपमा काठमाडौं बालुवाटार बस्दै आएका दिनेश कोइरालालाई  पक्राउ  गरेको छ ।

दोलखाको मोलुङ गाउँपालिका–९ स्थायी घर भएका कोइरालालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेको हो । यसअघि पनि कराैडाैँ ठगी आरोपमा पक्राउ परी निस्किएका उनी फेरी पक्राउ परेका हुन् ।

उनलाई दुई करोड ७५ लाख ५४ हजार, एक करोड ५४ लाख तथा ५६ लाख रुपैयाँ ठगी भएका छुट्टाछुट्टै चेक बाउन्स मुद्दामा पक्राउ गरिएको अपराध महाशाखाले जानकारी दिएको छ । कोइरालालाई लामो समयदेखि ठगी गर्दै आएको आरोपमा प्रहरीले पटक–पटक प्रहरीले पक्राउ गर्दै आएको छ ।

प्रहरीका अनुसार दुई करोड ७५ लाख रुपैयाँको टोयटा ल्याण्डक्रुजर गाडी खरिद गर्दा उनले चेक दिएकोमा बाउन्स भएको छ । त्यस्तै एक करोड ५४ लाख रुपैयाँको कम्प्युटर खरिदको भुक्तानीको चेक पनि बाउन्स भएको छ । कोइरालाबाट ललितपुर भैंसेपाटीका शुलभ कर्माचार्यबाट कम्प्युटर खरिद गरेका थिए ।

यो पनि पढ्नुहोस्
भिआइपी ठग, नेताको संरक्षणमा करोडौँ ठगी
दर्जनौंलाई घरवारविहिन बनाउने ‘सिरियल ठग’ दिनेश कोइराला पक्राउ
कोइरालाको कहालीलाग्दो ठगी, कसको कति ठगे ?

 

२०६९ सालमा कार्यालय प्रयोजनका लागि कम्प्युटर खरिद गरेर लगेकोमा उनले पैसा भुक्तानी नदिएको पाइएको प्रहरीले जनाएको छ । लामो समय भुक्तानी नभएपछि कोइरालाविरूद्ध कर्माचार्यले प्रहरीमा उजुरी दिएका थिए । ५६ लाखको अर्को व्यक्तिगत चेक पनि बाउन्स देखिएको छ ।

उनलाई तीन वटै चेक बाउन्समा बैंकिङ कसूरसम्बन्धी मुद्दामा अनुसन्धान थालिएको अपराध महाशाखाले जनाएको छ । कोइरालालाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त कमलपोखरी पठाइएको छ ।

गत वर्ष पनि कोइराला ठगी आरोपमा पक्राउ परेका थिए । १९ लाख रुपैयाँ ठगेको अभियोगमा खोटाङका श्याम खड्काले दिएको उजुरीउपर कोइरालालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिएका छन् । उनले मोरङ, सुनसरी, झापा, इलाम जिल्लाका धेरै जनतालाई प्रभावमा पारेर पैसा ठगेको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७