प्याजको बोक्राबाट बिजुली !


१७ पुष २०७४, सोमबार
OnionRingsLayers

जनसङ्ख्यामा भइरहेको वृद्घि, बढ्दो औद्योगिकीकरण र इलेक्ट्रोनिक्स तथा सवारी साधनको प्रयोग सर्वव्यापी भइरहेका कारण दिनप्रतिदिन हाम्रो वातावरण बिग्रँदै गएको छ । खनिज इन्धनमाथिको बढ्दो दबाब र प्राकृतिक स्रोतको शोषणले स्थानीय र वैकल्पिक स्वच्छ ऊर्जालाई आजको विश्वको प्रमुख आवश्यकता बनाइदिएको अनुसन्धानकर्ताहरू बताउँछन् । पाइजोइलेक्ट्रिक सामग्रीको प्रयोग गरेर शरीरको सहज चाललाई स्वच्छ ऊर्जामा परिवर्तन गर्न सकिन्छ । यसो गर्दा वातावरण प्रदूषित हुँदैन ।

तर, पाइजोइलेक्ट्रिक नानोजेनेरेटर्सहरूलाई ‘सिन्थेसाइज’ गर्ने कुरा त्यति सजिलो छैन र यो महङ्गो पनि हुन्छ । त्यस्तै, यो वातावारणका लागि पनि त्यति राम्रो होइन । यिनीहरूमा केही बढी नै टक्सिक हुन्छ । साथै यो वातावरणका लागि पनि खतरनाक हो । त्यसैकारण, यसको प्रयोग सीमित रूपमा गर्न सकिन्छ । यीनै कमजोरीका कारण वैज्ञानिकहरूले नन टक्सिक, बायोडिग्रेडेबल र बायोकम्प्याटिबल पाइजोइलेक्ट्रिक नानोजेनेरटर (बीपीएनजी)को विकास गर्न प्रेरित गरेका हुन् । यो उपकरणको निर्माण एक रुपयाभन्दा पनि कम दाममा गर्न सकिने अनुसन्धानकर्ताको दाबी छ । यसैकारण आर्थिक रूपमा कमजोर रहेका समुदायलाई पनि उपकरणमाथि पहुँच हासिल गर्न सहज हुने बताइएको छ । अनुसन्धानकर्ताहरूले प्याजको बोक्रालाई पित्तल तथा तामाका तारले बेरेर चाँदीको पेष्ट लगाएर उपकरण तयार गरी यसलाई पोलिमरमा क्याप्सुलजसरी नै हालिएको बताएका छन् । यो उपकरणले १८ भोल्टको ऊर्जा उत्पादन गर्न सक्ने बताइएको छ । यसलाई प्रयोगमा ल्याउन थुप्रै अनुसन्धान गर्न बाँँकी रहे पनि यो प्रविधि चाँडै व्यावसायिक रूपमा अगाडि बढ्न सक्ने कुराप्रति अनुसन्धानकर्ताहरू सकारात्मक रहेका छन् । रासस/पीटीआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७