२०७६ मंसिर २७ गते शुक्रबारको तपाईको राशिफल


२७ मंसिर २०७६, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्ने छ । परोपकारी कार्यमा संलग्न भइने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । लाभदायक यात्राको सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउने योग परेको दिन छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । कसै कसैलाई परदेशी घर फर्कने र घर परिवारमा र रमाइलो वातावरण छाउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
औपचारिकतामा अलि बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी–प्रेमिकाका बीच खिन्नता बढ्ने छ । अधिक धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइने छ । सजिलै अरूको मन जित्न सकिने छ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी–प्रेमिकाका असमझदारी बढ्ला । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७