दृष्टिविहीन युवतीमाथि शौचालयमै बलात्कार


२७ मंसिर २०७६, शुक्रबार
Rape for nayapage

नुवाकोट, २७ मंसिर । दृष्टिविहीन युवतीलाई जबरजस्ती करणी गर्ने किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको छ ।

बलात्कार कसुरमा पक्राउ परेका तामाङलाई दोषी ठहर गर्दै जिल्ला अदालतका न्यायधीश उमेशप्रसाद लुइँटेलको इजलासले बुधबार १० वर्ष कैद सजाय र रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार शिवप्रसाद बञ्जाराले जानकारी दिएका छन् ।

जबरजस्ती करणी कसुरमा सात वर्ष र अपाङ्गता भएकी युवतीलाई जबरजस्ती करणी गरेकाले थप तीन वर्ष गरी १० वर्ष सजायको फैसला भएको हो ।

तामाङमाथि २०७५ चैत ९ गते घरमा कोही नभएको बेलामा शौचालय गएकी दृष्टिविहीन युवतीलाई शौचालयमै जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७