बलात्कार आरोपी सिद्धबाबामाथि अनुसन्धान गर्न तेस्रोपल्ट थपियो तीन दिनको म्याद


२७ मंसिर २०७६, शुक्रबार
siddha baba

मोरङ, २७ मंसिर । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरीमार्फत तेस्रो पटक अनुसन्धानका लागि थप दिनको म्याद पाएको ।

प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो । शुक्रबार जिल्ला अदालत सुनसरीले तीन दिनको म्याद थप गरेको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिएका छन् ।

म्याद थप पछि गिरीलाई पुनः अस्पताल नै लगिएको छ । मुटुको समस्याका कारण उपचार गराइरहेका गिरीलाई अदालतले अस्पतालमै राखेर बयान लिने आदेश दिएका कारण विराट नर्सिङहोम नै पठाइएको डिएसपी शर्माले जानकारी दिएका छन् ।

गिरी विराट नर्सिङहोमको ९ नम्बर डिलक्स रुपममा छन् । सुनसरी प्रहरीले मंसिर १६ गते चार दिन र मंसिर २० गते बलात्कार मुद्धामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको थियो ।
महिला अनुयायीले कात्तिक ४ गते आफूलाई बलात्कार गरेको भन्दै सिद्धबाबाविरुद्ध किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले उनलाई १६ मंसिर बिहान पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७