नयाँ वर्ष मनाएकै होटलमा युवती बलात्कृत !


१७ पुष २०७४, सोमबार
rape11

नेपालगञ्ज : अंग्रेजी नयाँ वर्ष मनाउन साथीसँग होटलमा गएकी एक युवती बलात्कारको शिकार बनेकी छन् । बलात्कारको विवादमा सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी भारती पनि तानिएका छन् ।rape11

भारतीले बेला–बेला एयरलाइन्सका कर्मचारीलाई ल्याएर होटलमा राख्ने गरेको जनाइएको छ । आइतबार न्यू इयर इभ मनाउन उनले सुर्खेतका ४३ वर्षीय निरज गुरुङका साथै केही महिला साथीहरुलाई होटलमै बोलाएका थिए । सुर्खेत घर भएका मनोज लामो समयदेखि सुर्खेतरोडस्थित होटल सिग्नेटमा बस्दै आएका थिए ।

होटल प्रशासनका अनुसार मनोज ३२१ कोठामा बसेका थिए भने गुरुङ ३०१ मा थिए । मदिरा सेवन गरेका गुरुङले मध्यरातमा कोठा नम्बर ३०५ मा बसेकी युवतीलाई बलात्कार गरेको जनाइएको छ । पीडित युवती मनोजले नै बोलाएर आफू होटलमा पुगेको बताएकी छन् । मनोज आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोतल देखाएर धम्क्याएको र बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । पीडित युवती र गुरुङको मेडिकल जाँच गराइएको छ तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

युवतीले बाथरुममा लुकेर फोन गरेको र उनको उद्दार गरिएको बाँकेका निमित्ति प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले बताएका छन् । बाँके प्रहरीले बलात्कारको आरोपमा निरज गुरुङसँगै मनोजलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अनुसन्धानका लागि होटलका सिफ्ट म्यानेजर कपिल रञ्जुलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७