मध्यराति शक्तिशाली बम विष्फोट हुँदा दुईको मृत्यु, इन्स्पेक्टरसहित चार जना गम्भीर घाइते


२८ मंसिर २०७६, शनिबार

धनुषा, २८ मंसिर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति शक्तिशाली बम विष्फोट भएको छ ।

बम विष्फोटबाट स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

विष्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन् । कसले किन बम विष्फोट गरयो भन्ने विषयमा विस्तृत विवरण आइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७