बैठक बहिष्कार गरेर बसेका पौडेललाई भेट्न घरैमा पुगे देउवा र निधि


२८ मंसिर २०७६, शनिबार
poudel

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेस केन्द्रीय समिति वैैठक बहिष्कार गरेर घरमै बसेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न सभापति शेरबहादुर देउवा र उपभासपति विमलेन्द्र निधि पौडेलकै निवासमा पुगेका छन् ।

दुई दिनअघि बसेको केन्द्रीय समिति बहिष्कार गरेका पौडेललाई भेट्न देउवा र निधि शनिबार विहान उनकै निवास बोहराटार पुगेका हुन् । पौडेलले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिंदै वैठक बहिष्कार गरेका थिए ।

पार्टी विभाग गठनमा समेत असहमति राख्दै आएका नेता पौडेलले शनिबार पार्टी सहमति र सहकार्यका विषयमा छलफल भएको जनाएका छन् । सभापति देउवाले महाधिवेशनमा फाइदा उठाउने गरी चार वर्षे कार्यकाल सकिनै लाग्दा विभाग गठन गर्न खोजेको पौडेलको आरोप पौडेलले लगाउँदै आएका छन् ।

सभापति देउवाले २८ विभागलाई बढाएर ४१ बनाउने प्रस्ताव गत बिहीबार बसेको केन्द्रीय समितिमा पेश गरेका छन् । आइतबार बस्ने केन्द्रीय बैठकमा ती एजेण्डाबारे छलफल हुने जनाइएको छ । भातृ संगठन तरूण दलको म्याद छ महिना थप गर्ने र नेविसंघलाई नेतृत्व दिने एजेण्डामा पनि पौडेल पक्षले चासो राखेको छ ।

पौडेलले यी दुई भातृ संस्थामध्ये एक आफू पक्षले पाउनुपर्ने अडान राखेको स्रोतले जानकारी दिएको छ । यी समग्र विषयमा छलफलका लागि निधिलाई लिएर देउवा पौडेल निवास पुगेका हुन् । पछिल्लो समय कांग्रेसमा देखिएको यी किचलो सल्टिन नसक्दा सिङ्गो पार्टी गतिहीन जस्तै बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७