छोरीलाई डेरामा एक्लै राखेर यातना र धम्की दिंदै बलात्कार !


२८ मंसिर २०७६, शनिबार
arrest

बर्दिया, २८ मंसिर । आफ्नै छोरीलाई डेरामा राखेर यातना र धम्की दिंदै पटक–पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

बाबुले आफूलाई पटक–पटक बलात्कार गर्दै आएको पीडितले दिएको सूचनाको आधारमा ४० वर्षीय बाबुलाई पक्राउ गरिएको हो ।

उनले केही महिनादेखि भारतको बैङ्लोर लगी १८ वर्षे छोरीलाई एक्लै डेरामा राखी एक महिनासम्म पटक–पटक यातना र धम्की दिंदै बलात्कार गर्दै आएको पीडितको उजुरीमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।

मंसिर २४ गते नेपाल फर्कने क्रममा बाँकेको नेपालगञ्ज न्यूरोडस्थित एक होटलमा राखी मंगलवार घर जान हुन्न अशुभ हुन्छ भोलि जाऊ, होटलमै बस्नुपर्छ भनी फकाइ पुनः जबरजस्ती करणी गरेको पाइएको एसपी बास्तोलाले बताएका छन् । बर्दियास्थित घरमा आएपछि पीडितले प्रहरीमा बाबुको कर्तुतबारे जानकारी गराएकी थिइन् ।

प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा रहेको टोलीले बर्दियाको मधुवन नगरपालिका–६ स्थित नेपाल–भारत सीमाबाट भारततर्फ जाँदै गरेको अवस्थामा आरोपी बाबुलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७