नेपाल भ्रमण वर्ष सफल बनाउन आतिथ्य सत्कार सिक्दै यातायात मजदुर


२८ मंसिर २०७६, शनिबार
Yatayat majdur 4

काठमाण्डौं, २८ मंसिर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि उपत्यकाका सार्वजनिक सवारी साधनका चालक तथा सहचालक कसरी गर्ने भन्ने विषयमा अनुशिक्षण अभियान अन्तरगत शनिबार ललितपुरको लगनखेलमा अनुशिक्षण गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा ललितपुरका यातायात मजदुरहरुलाई दुई समुहमा विभाजन गरि २ सय ३० जनालाई अनुशिक्षण गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालयको मुख्य आयोजना रहेको यस अभियानमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम) ले अनुशिक्षणमा सहजीकरण गरेको थियो ।
अनुशिक्षणमा विदेशी पाहुनाहरुलाई सत्कार कसरी गर्ने, पर्यटनमैत्री व्यवहार कसरी गर्ने, आफ्ना सवारी साधनहरुलाई कसरी सफा राख्ने, कसरी सहयोगी बन्ने भन्ने विषयहरुमा यातायात मजदुरहरुलाई एक दिने अनुशिक्षण गरिएको छ ।

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । नेपाल आउने विदेशीलाई विमानस्थलबाट गणतव्यसम्म लैलाने मुख्य साधन सार्वजनिक सवारी साधन रहेकाले सवारीमा कार्यरत मजदुरहरुलाई पर्यटन तथा यात्रुमैत्री व्यवहार बारे प्रशिक्षित गर्ने सरकारको योजना अनुसार तालिम दिईएको नाथमका शिक्षा विभाग संयोजक शिव जैसीले बताए ।

उनले भने उपत्यकाका १ हजार चालक तथा सहचालकहरुलाई पढाउछौं त्यही अनुरुप अभियान चलिरहेको बताए ।

नेपालको आर्थिक समृद्धि र प्रतिष्ठा जोडिएको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यातायात श्रमिकहरुलाई समेत सहभागी गराउनु नेपाल सरकारको पर्यटन मन्त्रालयको सकारात्मक काम भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए ।

उनले भने पहिलो चरणमा उपत्यकाका मजदुरहरुलाई अनुशिक्षित गरिएको र दोस्रो चरणमा उपत्यका बाहिरका मजदुरहरुलाई समेत केन्द्रीत गरिने बताए ।

अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष रामचन्द्र कार्कीले मजदुरहरुलाई दिईएको प्रशिक्षणले भ्रमण वर्षलाई सफल बनाउन सकारात्मक प्रभाव पार्ने बताए ।

त्यस्तै नेपाल यातायात मजदुर संघका ३ नम्बर प्रदेश संयोजक जगन्नाथ गौतमले यातायात मजदुरहरुलाई दिईएको ज्ञानले यातायात क्षेत्रमा रुपान्तरण आउने मजदुरहरुमा चेतना अभिवृद्धि हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७