नेपाल मेडिकल एक्स्पो भृकुटिमण्डपमा सुरु


२८ मंसिर २०७६, शनिबार
bhanubhakt dhakal

काठमाडाैं, २८ मंसिर ।  स्वास्थ्य सामाग्री, उपकरण तथा रसायन सम्बन्धी चौथो नेपाल मेडिकल एक्स्पो काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको छ ।  

उक्त मेला सन २०१६ देखि नेपाली बजारमा विश्वस्तरिय स्वास्थ्य प्रविधि भित्र्याउने लक्ष्य सहित मेडिकल एक्स्पोको आयोजना गरिएको मेला आयोजक समितिले जनाएको छ ।

मेलाको शनिबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नुभयो । कार्यक्रममा उनले सरकारले स्वास्थ्यसम्बन्धी नीति बनाउदा सरोकारवाला निकायसंग छलफल गर्ने प्रतिवद्धता जनाए । अहिले नेपालमा स्वास्थ्य सम्बन्धी अत्याधुनिक मेशिनहरु भित्रेका कारण नै जटिल रोगको उपचार नेपालमा सम्भब भएको उनले बताए ।  

आइतबारसम्म चल्ने मेलामा मेडिकल, सर्जिकल र डायग्नोस्टिक सहित तीन बिधाका विश्वस्तरिय उपकरण, प्रविधि र प्रयोग हुने रसायन सहितको प्रदर्शन गरिएको छ ।

अस्पताललाई चाहिने सम्पूर्ण उपकरण तथा शल्यक्रियाका नवीन प्रविधि सहित प्रयोगशाला उपकरणलाई प्राथमिकता दिइने मेला आयोजक समितिले जनाएको छ ।

मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय लगाएतका कुल दुई सय २० स्टल छन् भने नेपाली मेडिकल सामाग्री आयातकर्ताहरुको ६० स्टल रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७