गृहनगरमा दुई स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ सम्मानित


२८ मंसिर २०७६, शनिबार
mandekaji shrestha

काठमाडौं, २८ मंसिर ।  १३औं दक्षिण एशियाली खेलकुद (साग) मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई गृहनगरमा सम्मानित भएका छन् । भक्तपुर मध्यपुरथिमिका लाई  नगरपालिकाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कारसहित सम्मान गरेको हाे । 

स्वर्ण पदक विजेता खेलाडी मन्देकाजीलाई नगरपालिकाले शनिबार बाजागाजा, र्यालीसहित नगरका बिभिन्न स्थानको परिक्रमा गरि सम्मान गरिएको हो । सम्मान कार्यक्रममा खेलाडी श्रेष्ठले कडा मेहनतका कारण आफुले राम्रो खेल देखाउन सकेको बताए ।  

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सागमा राष्ट्रलाई पहिलो स्वर्ण पदक दिलाउने तथा दुईवटा स्वर्ण दिलाएर मध्यपुर थिमि नगरपालिकाको मात्र नभई राष्ट्र कै नाम उच्च राख्न सफल भएको बताए ।

उनले सागमा पुरुष एकल काँतामा स्वर्ण र टिम काता स्वर्ण जितेका थिए ।  टिम कातामा मन्डेकाजीसहित, प्रवीण मानन्धर र महसुस तामाङको रहेका थिए ।

 

यो पनि पढ्नुहोस
नेपाललाई कराँतेको पुरुष टिम कातामा पनि स्वर्ण

मन्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण पदक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७