फिफा वरियतामा महिला टोलीको सुधार


२८ मंसिर २०७६, शनिबार
women football

काठमाडौं, २८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको रजत पदक विजेता नेपाली टोलीको फिफा वरियतामा सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले हालै सार्वजनिक गरेको वरियतामा नेपाल ३ स्थान माथि उक्लेको छ ।

नेपाली महिला फुटबलको वरियता ९७ औं रहेको छ । यसअघि अक्टुबरमा भएको वरियतामा नेपाल १०० स्थानमा थियो । एसियाली खेलकुद राष्ट्रमा भने नेपाल २१ औं स्थानमा रहेको छ । पोखरा रंगशालामा भएको सोमबार भएको साग महिला फुटबलको फाइनलमा नेपाल भारतीय टोलीसँगै २-० ले पराजित भएको थियो ।

भारत बाहेक दक्षिण एसियाका सबै टोलीसँग हाबी रहँदै आएको नेपालले सागका तीनै संस्करणमा रजत पदकमा चित्त बुझाउनु परेको छ । यसअघिका दुवै संस्करणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो । सागमा नेपाल, भारत, श्रीलंका र माल्दिभ्सको सहभागिता रहेको थियो । राउन्ड रोविनका आधारमा भएको खेलमा श्रीलंका र माल्दिभ्सलाई हराएको नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७