बिहेको भोलिपल्टै पत्नीको हत्या, घटना लुकाउन यसरी झुक्याए


२९ मंसिर २०७६, आईतवार
hatya 1 2

धादिङ, २९ मंसिर । धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् ।
गत मंसिर ९ गते धादिङ सिद्धलेक गाउँपालिका ३ का २३ वर्षीय अर्जुन थामा मगरले २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका थिए ।

मकवानपुरकी अनिशालाई बिहे गरेको भालिपल्टै हत्या गरी शौचालयको सेफ्टिक ट्यांकीमा लुकाएको खुलेको हो । शव लुकाउन अर्जुनका काका छवि थापा मगर र आफन्त इन्द्रबहादुर थापाले सघाएको प्रहरीको भनाइ छ । मंसिर १० गते दिउँसोसम्म अनिशालाई देखेका छिमेकीले ११ गते बिहान घरमा नदेखेपछि अर्जुनलाई सोधखोज गरेका थिए ।

उनले माइतीघर गएको भनि टारेका थिए । केही दिनपछि कुहिएको दुर्गन्ध आउन थालेपछि फेरि छिमेकीले सोधे, ‘के हो यस्तो बेस्सरी गन्हाएको ?’ अर्जुन र उनका केही आफन्तले गोरु मरेको जवाफ दिए ।

वरिपरी कसैको गाईगोरु नमरेको र अनिशाा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या नै भएको छिमेकीले शंका गरे । गाउँलेले घटनाबारे प्रहरीलाई खबर गरे । प्रहरीका अनुसार अर्जुनले बिहे गरेर ल्याएको भोलिपल्ट राति नै घाँटी थिचेर हत्या गरेका हुन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७