सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको मृत्यु, १८ घाइते


२९ मंसिर २०७६, आईतवार
bus accident1

चौतारा, २९ मङ्सिर । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८स्१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो ।

दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाईएको र अन्यको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७