नाडा अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध


२९ मंसिर २०७६, आईतवार
562655524 80326248 598595654221134 9221865358032371712 n

काठमाडौं, २९ मंसिर । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध भएका छन्।

अध्यक्षका अर्का उम्मेदवारका रुपमा चार्चमा रहेका नाडाका वर्तमान उपाध्यक्ष प्रकाश कपुरीले मनोनयन दर्ता नगरेपछि दुलाल निर्विरोध भएका हुन्। सवारी तथा सवारीजन्यहरुको बिक्रेता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी नेतृत्व चयनका लागि आज (मंसिर २९) मनोनयन दर्ताको समय तोकेको थियो।

नाडाको ४३औं सार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम आगामी पुस ४ गते हुँदैछ। नाडाको निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारहरुको मनोनयन दर्ता यही मंसिर २९ गतेका लागि तय गरेको छ। मतदाताको अन्तिम नामावली मंसिर २६ गते प्रकाशित भइसकेको छ।

नाडामा अध्यक्ष र कार्यसमिति सदस्यको मात्र प्रत्यक्ष निर्वाचन हुने व्यवस्था रहेको छ। अध्यक्षमा निर्विरोध भएसँगै कार्यसमिति सदस्यहरु समेत निर्विरोध बनाउने विषयमा छलफल भइरहेको छ।

नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमिति निर्वाचन हुनेछ। संस्थाको पदाधिकारीहरु भने कार्यसमितिबाटै चयन हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७