वेलायतमा मनाइयाे साकेला उधौली


२९ मंसिर २०७६, आईतवार
sakela udhauli uk

वेलायत, २९ मंसिर ।  किरात राईहरुको महान चाड साकेला उधौली बेलायतमा भब्यताको साथ मनाइएको छ।  किरात राई यायोक्खा बेलायतको आयोजना आइतबार साकेला उधौली मनाइएको हो ।  

वेलायतमा भएका चार जना धामी (नाक्छुङ)हरुलाई किरात राई यायोक्खा वेलायतको अध्यक्ष कल्पना राईद्धारा रित पुर्वक धामी बाध्ने प्रस्ताव राखेका थिए । साकेलामा धामी (नाक्छुङ)द्वारा पानी पुजा, चुला (सुप्तुलुङ) पुजा सम्पन्न गरेपछि साकेला पुज्ने गर्दछ ।

धामीहरुले प्रस्तावलाई स्विकार गरे पश्चात खोटाङ जिल्लाका पूर्व सभापति तथा सल्लाहकार रत्न राई र संरक्षक दिल वहादुर राईले फेटा लगाई धामीहरुलाई संस्कारगत शिर उभाएका थिए ।

sakela 2

किरातीहरूको यो चाड आफ्नो जनजीवन र जिवनयापनसंग नजिक जोडीएको महत्व राख्दछ। आफूले लगाएको सम्पर्ण बालिहरू सप्रियोस, कसैलाई पनि दुस्ख बिमारले नसताओस भन्ने प्रार्थाना आफ्नो पृत पुर्खाहरूलाई गर्दै प्रत्येक बर्ष मंसीरे पूर्णीमादेखि उधौलि र वैशाखे पुर्निमादेखि उभौली मनाउने गर्छन् ।

sakela 4


धामीहरु किताव शेर राई र टाईटेक्स् फल्माछाद्धारा आफ्नै घरमा पानीको पुजा सम्पन्न गरि साकेला पुज्न उपस्थित भएका थिए ।

किरात राईहरुको आफ्नै भुमि ग्याम्बललेनमा चुलाको प्रतिक ‘सेउली गाडी’ पुजा गरेपछि साकेला थानमा गई उधौली पुजा गरेका थिए । एक आपसमा उधौलीको शुभकामना आदन प्रदान गर्दै ढोल र झेम्टाको तालमा साकेला नाचेका थिए ।

अन्तमा चुलाको प्रतिक गाडेको सेउलीमा धामीहरुद्धारा विधि र संस्कारगत पुजा सकेपछि उधौली सम्पन्न भएको थियो ।

This image has an empty alt attribute; its file name is sakela-5.jpg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७