उर्जामन्त्री कमल थापालाई,शहरी विकासमन्त्री गिरी बर्खास्त


१७ पुष २०७४, सोमबार
Kamal Thapa

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका छन् ।राप्रपाले गिरीलाई सरकारबाट फिर्ता बोलाएको पत्र पठाएपछि देउवाले उनलाई मन्त्री पदबाट हटाएका हुन् ।

शहरी विकास मन्त्रालयको जिम्मेवारी राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवं उर्जामन्त्री कमल थापाKamal Thapaलाई दिइइको छ ।

उपप्रधानमन्त्री थापा र गिरीबीच पछिल्लो मन्त्रिपरिषद् बैठकले भनाभन भएको थियो । त्यसको भोलिपल्टै थापाले पार्टीको बैठक राखेर गिरीलाई फिर्ता बोलाउने निर्णय गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७